बाढी पहिरोबाट आहत सुदूरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमा राहत दिन सरकारलाई आग्रह गरेका छन् ।
पीडितको दुःख बुझ्न आएको बताउँदै पौडेलले प्याकेजमै राहत बाँड्नुपर्ने भन्दै सरकारलाई आफूले यस विषयमा घचघच्याउने बताए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरबाट भ्रमण गरेर फर्किएका थिए ।
पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझै पनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए ।





























प्रतिक्रिया