नेपाल कम्युनिस्ट पार्टी एमाले रामेछाप गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
वडाको प्रथम अधिवेशनमा अध्यक्षका प्रत्याशीमा ६ जना रहेका थिए । तर, सहमति जुटाउँदै जाँदा दुई जना बीच चुनावी प्रतिस्पर्धा भएको थियो । अध्यक्षका उम्मेदवार धन बहादुर खड्का र भूमिराज कार्की बीच भएको निर्वाचनमा जम्मा १७ मतदाता रहेको वडामा १६ भोट प्राप्त गरी धन बहादुर खड्कालाई हराउँदै अध्यक्षमा भूमिराज कार्की निर्वाचित भएका हुन ।
निर्वाचित भएसँगै कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ । पदाधिकारीहरूमा अध्यक्ष कार्की, उपाध्यक्षमा नर बहादुर भण्डारी,सचिवमा राजेश खड्का,उपसचिवमा सरिता सुनुवार र उमेश भुजेल चयन भएका छन्।
शनिवार नेकपा एमाले रामेछापका अध्यक्ष तथा बागमती प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री शान्ति पौडेलको प्रमुख आतिथ्यतामा वडा अधिवेशनले भएको थियो ।
तर, अध्यक्षमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न नसक्दा आइतबार मतदान मार्फत नेतृत्व चयन भएको हो ।
गोकुलगंगा गाउँपालिकाको ६ वटै वडामा कमिटी गठन भइसकेको छ । जसमा वडा नम्बर १ चुचुरेको अध्यक्षमा उमेश गुभाजु ,२ ठोसेमा चेत बहादुर कार्की, ३ रस्नालुमा अशोक सुनुवार, ४ बेतालीमा शिव सागर खड्का, ५ नामाडीमा भुमिराज कार्की र ६ फर्पूमा बद्री खत्री चयन भएका छन्।





























प्रतिक्रिया