एमाले अधिवेशन: ओखलढुंगाका आठमध्ये पाँच तहमा सहमतिमै नेतृत्व चयन

एमाले अधिवेशन: ओखलढुंगाका आठमध्ये पाँच तहमा सहमतिमै नेतृत्व चयन


नेकपा (एमाले)को पालिका अधिवेशनमा ‍ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ। आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ। ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन्।

पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कट्वालले जानकारी दिए। सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिकामा अध्यक्ष मोहन केसी र सचिव कृष्ण कार्की चयन भएका छन्। चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन्।

मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का निर्वाचित भए। 

मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन। मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ।

Logo