नेपालमा तीन महिनाभित्र राजसंस्था र हिन्दु राज्य फर्कन्छः जयेन्द्रवीरसिंह बस्नेत

नेपालमा तीन महिनाभित्र राजसंस्था र हिन्दु राज्य फर्कन्छः जयेन्द्रवीरसिंह बस्नेत

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि नेपाली पार्टीका महामन्त्री कर्णेल जयेन्द्रवीरसिंह बस्नेतले नेपालमा अब तीन महिनाभित्र राजसंस्थासहितको हिन्दु अधिराज्य पुनर्वहाली हुने बताएका छन्। धार्मिक भ्रमणको क्रममा भारतको जगन्नाथ पुरी उडिसाबाट नेपालको रुपन्देही भैरहवा आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीसँगको भेटका क्रममा बस्नेतले सो कुरा बताएका हुन्। 

नेपाललाई पूर्ववत् हिन्दुराष्ट्र कायम राख्ने र राजसंस्था पुनर्स्थापित गर्ने भन्ने विषयमा नेपालका लागि नेपाली पार्टीका प्रतिनिधि मण्डल एवं शङ्कराचार्यबीचको विशेष भेटदर्शनमा उठेका सवाल जवाफका क्रममा शङ्कराचार्य निश्चलानन्दले बस्नेतलाई ‘कर्णेल जी बोलिए नेपाल में हिन्दुराष्ट्र और राजसंस्था लाने के लिए आपलोगका क्या तयारी है और कितना समय लगेगा ?’ भनेर सोधेका थिए। यसैक्रममा महामन्त्री बस्नेतले नेपालमा धेरै चाणक्य तथा चन्द्रगुप्तहरू तयार भइसकेको र राजसंस्थासहितको हिन्दुराष्ट्र तीन महिनाभित्रमा फर्काउन सकिने ठोकुवा गरे।

विश्व ॐकार एकता महाअभियानको निमन्त्रणामा भैरहवा आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीसँग नेपालका लागि नेपाली पार्टीका वरिष्ट उपाध्यक्ष डा. कान्ता पौडेल, महामन्त्री बस्नेत, धार्मिक विभाग प्रमुख दीपक सुवेदी, सचिव दीपककुमार पोख्रेल, कोषाध्यक्ष पदमकुमार मेघासी शाह लगायतको प्रतिनिधि मण्डलले भेट गरेको थियो। 

भेटका क्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई नेनेपाको तर्फबाट रुद्राक्ष मालाहरू उपहार दिइएको थियो। वरिष्ठ उपाध्यक्ष पौडेलले एक ज्ञापन पत्र पनि वाचनसहित बुझाएका थिए। सो ज्ञापनपत्रमा विश्वमा फैलिएको अमानवीय क्रियाकलापलाई नियन्त्रण गर्न र मानवीयतालाई व्यवहारमा लागू गराउन तथा विश्वमा शान्ति कायम गर्न गराउन विश्वको आदि धर्म सनातन धर्मको संरक्षण, अध्ययन अनुसन्धान र व्यवहार गर्न जरुरी रहेको भनिएको छ। 

नेपालमा विदेशी षड्यन्त्रमुताविक लादिएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको कारण विदेशी धार्मिक हस्तक्षेप र धर्मपरिवर्तन बढ्नाले राष्ट्रियता धरापमा परेको उल्लेख गर्दै यस प्रकारको राजनीतिक संक्रमणको महामारीलाई हटाउन नेपाललाई पुनः हिन्दु अधिराज्यको रूपमा संस्थापन गर्नुपर्ने जरुरी रहेको र त्यसको लागि नेनेपा प्रतिबद्ध रहेको ज्ञापनपत्र वाचनको क्रममा पौडेलले व्यक्त गरेका थिए।

Skip This
Skip This
Logo