लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेतः डा.भट्टराई

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेतः डा.भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्।

उनले न्यायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए। उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे। उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकाले त्यसको निरुपण पनि न्यायालयभित्र बाटै हुनुपर्ने बताए।

अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताए।

Logo