राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव, निर्णय हुन बाँकी

राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव, निर्णय हुन बाँकी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको थियो। 

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसमा कुनै निर्णय गरेन। प्रधानमन्त्री देउवा निर्वाचनको मिति टुंगो नलगाई बेलायत प्रस्थान गरेका छन्। अब देउवा फर्केपछि मितिसम्बन्धी निर्णय हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, 'फागुन २१ गते एकतिहाई सदस्यको पद रिक्त हुँदैछ। त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नु पर्ने हुन्छ। ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ। करिब ९० दिनको तयारी समय लाग्ने अनुमान गरेका छौं। यसै क्रममा आयोगले सरकारसँग छलफल गरेर मिति घोषणाका लागि प्रस्ताव गरेको हो।'

Skip This
Skip This
Logo