कालोपट्टी बाँधेर बहसमा सहभागी हुन अधिवक्ताहरूलाई बारको आग्रह

कालोपट्टी बाँधेर बहसमा सहभागी हुन अधिवक्ताहरूलाई बारको आग्रह

केन्द्रबिन्दु
0
Shares

वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेकाे बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो। 

तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए। 

उनका अनुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ। अधिवक्ताहरूलाई कालोपट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ। 

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघाेषित बहिष्कार गर्दै आएका छन्। उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वाेच्चमा बहस बहिस्कार गरेको थियो। 

तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालोपट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो। 

Logo