एमाले अध्यक्ष केपी ओली सडक मार्ग हुँदै चितवन गएका छन् । केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए ।
उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् ।
एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन आएका हुन् ।
नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन आइपुगेका छन् । दुवैले सौराहा पुगेर एमालेको दसौँ महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गरेका छन् । न्युज कारखाना





























प्रतिक्रिया