दक्षिणपन्थीकाे भन्डाफोर गर्न चितवनमा महाधिवेशन: बादल

दक्षिणपन्थीकाे भन्डाफोर गर्न चितवनमा महाधिवेशन: बादल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन्।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए। 

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचण्डको भन्डाफोर गर्ने उनले बताए। दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ। 

एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ।  

Logo