प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले गरे दाबी पेस, मंगलवार शपथग्रहण

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले गरे दाबी पेस, मंगलवार शपथग्रहण

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । 

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । 

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् । 

Logo