यो सरकार लुतो लागेको कुकुर जस्तो खुइलिँदै जान्छ: ओली

यो सरकार लुतो लागेको कुकुर जस्तो खुइलिँदै जान्छ: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन्। आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो।

'यी पञ्चमुखीहरु खान बसेका छन्। देशलाई अल्मल्याएका छन्। तीन महिनामा सरकार बन्न सक्दैन। अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,' उनले भने।   

यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उनको भनाइ छ। 'हामी सरकार ढाल्नतिर लाग्दैनौं। हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं। तर यो सरकार आफैं खुइलिँदै जान्छ। यता मिलाएको छ, उता मिलाएको छ। समय बर्बाद गरेको छ,' उनले भने।

ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गरे। 'चुनावबाट कहिलेसम्म भाग्लान? दुईपटक भागे। अब आफैं चुनाव गराउनुपर्छ। स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझैं पर्छानु पर्छ,' उनले भने, 'यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्नेले हाल्छ। तर जित्ने एमाले हो। नेकपा एमाले कुटाकुट गर्ने बार हो र? लोकतान्त्रिक पार्टी हो।'न्युज कारखाना

Logo