नेपाल शैक्षिक परामर्श संघले आयोजना गरेको तिहार, छैठ पर्व तथा नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टीका नेताहरूको जमघट भएकाे छ ।
सोमबार काठमाडौंकाे नक्सालस्थित मेरीयट होलमा भएको कार्यक्रममा कांग्रेस नेताहरू गगन थापा, भिमसेनदास प्रधान र गोविन्द भट्टराईको उपस्थिति रहेको थियो । त्यस्तै एमालेबाट योगेश भट्टराई, नेकपा एसबाट गंगालाल श्रेष्ठ, माओवादीबाट लिलानाथ पाेखरेल र लोसपाबाट महन्त ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघ र नेताहरू बीच तिहार, छैठ पर्व तथा नेपाल संवत्को शुभकामना आदानप्रदान तथा चियापान भएको हो ।





























प्रतिक्रिया