ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ८ः३० बजे दिएको स्वाबमा उनको शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएकाले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक ट्रेसिङ गर्न आग्रह गरेको उनको भनाइ छ । शुक्रबार साँझ संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको मेयर महर्जनले जानकारी दिए ।

उनले केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै भने–‘बिहीबारसम्म फिल्डमा खटिएको थिए । साँझ शरीर दुख्ने र ज्वरो आउने भयो । ज्वरो आएपछि स्वाब दिएको शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भयो । अहिले होम आइसोलेसनमा बसेको छु ।’

Logo