संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

कालीकोट ।

गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाए।

उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे।

ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे।

Logo