संसदले सरकारलाई सहयोग गरेन भन्नु गलत होः सभामुख सापकोटा

संसदले सरकारलाई सहयोग गरेन भन्नु गलत होः सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको काममाथि प्रभाव नपारेको बताए ।

संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको उनको आरोप छ ।
संसदभित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको उनले बताए ।

संसद फेरी पनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा आफूले अध्ययन गरिरहेको बताए । उनले संसदले सरकारलाई जहिले पनि सहयोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । प्रतिनिधिसभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवराेध गर्न नहुने उनको तर्क छ ।

Logo