प्रचण्डलाई अदालतमै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

प्रचण्डलाई अदालतमै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्चले आफैं उपस्थित भएर अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज बाटोको म्यादबाहेक एक हप्ताभित्र अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए । नेकपाले आयोजना गरेका विभिन्न सभामा प्रचण्डले अदालतका न्यायाधीशमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा अधिवक्ता हायुले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विवेक नपुर्‍याए जनविद्रोह हुने चेतावनी दिएको र उनको यही भनाइले अदालतमाथि अवहेलना पुगेको रिट निवेदकले उल्लेख गरेका छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा परिसकेको छ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध मुद्दा दर्ता भएको थियो ।

Logo