प्रदेश १ः मुख्यमन्त्रीले राई आज विश्वासकाे मत लिँदै, सांसदलाई हाेटलमा बाेलाएर ह्वीप जारी

प्रदेश १ः मुख्यमन्त्रीले राई आज विश्वासकाे मत लिँदै, सांसदलाई हाेटलमा बाेलाएर ह्वीप जारी

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन्। मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन्।

गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ नै लगाएका छन्। विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए।

सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ। तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन्।  

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन्। प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन्। कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन्।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन्। जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन्। राप्रपासँग पनि १ मत रहेको छ।

Skip This
Skip This
Logo