आर्थिक रूपमा आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक मात्रै: ज्ञवाली

आर्थिक रूपमा आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक मात्रै: ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् ।

राजनीतिक दलहरू नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित  भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागीताका विषयमा संञ्चारिका समूहले बिहीबार काडमाडौंमा गरेको कार्यक्रममा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु “कस्मेटिक सहभागिता” मात्रै हुने टिप्पणी गरेका छन् । उनले सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन नसक्ने बताए ।

उनले बताए “वातावरण निर्माण कसरी गर्ने ? यसका लागि पितृसत्तात्मक सोच बाधक छन् । महिलालाई आर्थिक रूपले आत्मनिर्भर र उत्पादकत्वमा नजोडिएसम्म कस्मेटिक सहभागिता रूपमा मात्रै कायम हुने छ । महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर सार्वभौम बनाउनु पर्छ । सहभागिताको विषय हेर्दा राजनीतिक देखिए पनि यो सांस्कृतिक विषयसँग जोडिएको छ । सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन सक्तैन । नेकपा एमाले महिलाको सारभूत सहभागितामा जोड दिन्छ । ”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मूल्य मान्यताबाट स्खलित हुँदै गएकाले महिलाहरू राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उनले संख्या थपेर महिला सहभागिता गराएको भन्न नमिल्ने तर्क गरे ।

उनले भने “राजनीतिक मूल्य मान्यताबाट स्खलित. हुन लाग्यो । महिला सहभागिता र महिला निर्णायक तहमा आउने कुरा अझ चुनौती छ । क्रसर संञ्चाल गर्नेहरू राजनीतिमा आउन थाले । सेतो पेसा देखाउने तर कालो पेसा गर्नेहरू राजनीतिमा आउन थाले । मनि र मसल राजनीतिमा प्रयोग हुन थाल्यो । यो भनेको महिला माथिको थप चुनौती हो । ”

Skip This
Skip This
Logo