बार परिसरमै वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान हुँदै

बार परिसरमै वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसाेसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन्।

बिहीबार बार एसाेसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन्। अन्य दुई फरार छन्।

बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए। आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएकाे हाे वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ। 

Skip This
Skip This
Logo