प्रचण्डको नजरमा रामदेव– वैज्ञानिक र क्रान्तिकारी व्यक्ति

प्रचण्डको नजरमा रामदेव– वैज्ञानिक र क्रान्तिकारी व्यक्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । 

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् । 

‘सुरुसुरुमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने । 

रामदेवले आरोग्यबाट निरोगिता र योगमूलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए । 

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए । 

Logo