अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम रोकिदैन्ः चण्डेश्वर श्रेष्ठ

अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम रोकिदैन्ः चण्डेश्वर श्रेष्ठ


नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताका छन् ।

आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताएका हुन् । न्याय परिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत आफू अनुकूलको काम गर्न सक्ने उनको भनाई छ । 

गोला प्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ । अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताएका छन् । उनले भने – ‘अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई त हटाउने काम गर्न खोजिएको छ । तर बिचौलियाहरूलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको छ, कानुन विपरीतमा । त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्ला, उसले खान पाउने तरीका त अर्को छदैँछ । त्यस कारणले गर्दा यो रोक्नका लागि उसलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैनन् तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन । अर्को चपाउने दाँत छ । सरुवा काजमार्फत न्यायाधीशहरुलाई थर्काउने काम भइराखेको हुन्छ । न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ ।’

उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसद्मा पनि जाने भन्दै उनी जानु अघि नै राजीनामा दिन चेतावनी दिए ।

Logo