महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक आज बस्दै

महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ। बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ। त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो। सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ। 

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ। जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन्। 

Logo