ललितपुरमा आज साेमबार हुने नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने भएकाे छ।
तीन वटा क्षेत्र रहेको ललितपुरमा जिल्ला सभापति निकट गजेन्द्र महर्जन, रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठ आमागी जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी छन्।
आज ललितपुर १ को अधिवेशन बज्रवाराहीस्थित फूलबारी पार्टी प्यालेसमा हुँदैछ।
उद्घाटनसत्रपछि ११ बजेतिर उम्मेदवारीको दर्ता हुने मतदान प्रतिनिधि उद्योगप्रसाद तिमल्सिनाले बताए। उनले भने,‘अहिलेसम्म सुन्दरमान थिङ र रामकृष्ण लामा (इन्द्र)को उम्मेदवारी को चर्चा छ।’
सुन्दरमान उदयसम्सेर राणा निकट हुन् भने रामकृष्ण जिल्ला सभापति मदन बहादुर अमात्य निकट हुन्।
ललितपुर २ को अधिवेशन ललितपुरको ग्वार्कोस्थित मण्डला पार्टी प्यालेसमा हुँदैछ। निर्वाचन प्रक्रिया १ बजेबाट हुने मतदान संयोजक गणेश खनालले बताए। ललितपुर २ मा रामकृष्ण चित्रकार, मदन बहादुर अमात्य र प्रकाश नन्दन जोशी प्यानलसहित प्रतिस्पर्धामा छन्।
ललितपुर ३ को अधिवेशन जावलाखेलमा हुनेछ। बिहान ९ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने मतदान संयोजक सुरेश घिमिरेले बताए। उनले भने, 'अहिलेसम्म विश्व तुलाधर र महेश्वर थापा क्षेत्रीय सभापतिमा आकांक्षी देखिएका छन्।
तुलाधार मदनबहादुर अमात्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् भने थापा रामकृष्ण चित्रकारको प्यानलबाट उम्मेद्वारी दिने तयारीमा छन्।





























प्रतिक्रिया