बारको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको छ: सभामुख

बारको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको छ: सभामुख

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले सोमबार यस्तो बताएका हुन्। 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले तीन साताभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ। प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेको लगायत बारको आरोप छ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने बताएका छन्। 

उनले भने, ‘तीनवटै अंगको ओज गरिमा कायम हुनुपर्छ। अहिले भइरहेको बहस नजिकबाट हेरेको छु।’ उनले जारी बहसबाट निकै राम्रो निष्कर्ष निस्किने र सहज निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनु पर्ने बताए। 

उनले समस्या किन गहिरिँदै गएको छ भन्नेमा चिन्ता पनि व्यक्त गरे। 

Logo