आधिकारीक ट्रेड युनियनको निर्वाचन मंशिरमा हुने

आधिकारीक ट्रेड युनियनको निर्वाचन मंशिरमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । यसअघि आधिकारीक ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने तय गरिएको थियो । गत सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

कोभिड–१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश–२ का मुख्यमन्त्री राउतले माग गरेका थिए ।

त्यस्तै चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले  उनीहरु अ‌ाएपछि थप तथ्य अ‌ाउने जानकारी दिए ।

Skip This
Skip This
Logo