1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

एमाले महाधिवेशन: दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन

1
1
1
1
1
1
1
1

नेकपा एमालेको जारी महाधिवेशनले दुई वटै आयोगको नेतृत्व निर्विरोध चयन गरेको छ । केन्द्रीय निर्वाचन अयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध चयन भएका हुन् ।

२५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित १३ खुला सदस्य र नौ महिला सदस्य छन् । यस्तै, अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुला १३ र नौ महिला सदस्य निर्वाचित भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् । 

राजनीति

प्रकाशित: १३ मंसिर २०७८ १७:२४ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी