सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै शान्ति समाजको विरोध प्रदर्शन

सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै शान्ति समाजको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकारवादीहरुले विरोध प्रदर्शन गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजले सोमबार बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरेको मानव अधिकारवादीहरुले बताएका छन् ।

प्रदर्शनमा उपस्थिति भएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo