नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवनमा भएकाे १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन्।
नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए। जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए। उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे।
उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए। महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनकाे भनाइ थियाे। नेता भट्टराईले चितवनले एमाले महाधिवेशन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिए। महाधिवेशनकै कारण चितवनमा आन्तरिक पर्यटनको विकास भएको उनको भनाइ छ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा पार्टीको योजनाअनुरुप प्रचारप्रसारका गतिविधि भएको बताए। उनले पार्टीले महाधिवेशन लक्षित प्रकाशन गरेको बुलेटिन, भिडियो सामाग्री र सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनेको बताए। बैठकमा प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले समितिका तर्फबाट भएका कामका बारेमा जानकारी गराएका थिए।





























प्रतिक्रिया