नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। अमरसिंहले ८५२ मत ल्याएर सभापतिमा विजयी भएका हुन्।
रोल्पा कांग्रेसका निवर्तमान सभापति अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत पाए। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह सभापति शेरबहादुर देउवानिकट हुन्।
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भए।
यस्तै उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर विजयी भएका छन्।
महामन्त्रीमा विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए । सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन्।
लुम्बिनीमा एक हजार ६४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।































प्रतिक्रिया