‘डा.केसीमाथि सरकारले गरेको व्यवहार निन्दनीय’ : गगन थापा

‘डा.केसीमाथि सरकारले गरेको व्यवहार निन्दनीय’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले डा. गोविन्द केसीमाथि गरेको अपमानजनक व्यवहार निन्दनीय भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्‌विट गर्दै उनले  यस्ताे बताएका हुन् ।

“सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन । तर, अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ । सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ,” उनले लेखेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज जान लाग्दा डा. गोविन्द केसीलाई प्रहरीले जबरजस्ती रोकेर ट्रमा सेन्टर लगेको थियो ।

Logo