पाैडेलपक्ष साझा उम्मेद्वार तय गर्न असफल, चाक्सीबारीमा फाइनल छलफल हुने

पाैडेलपक्ष साझा उम्मेद्वार तय गर्न असफल, चाक्सीबारीमा फाइनल छलफल हुने


अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेद्वार तय गर्न असफल भएको छ।

बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेद्वार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए। 

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए। पछि पौडेल बाहिरिएका थिए। छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन्। तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन।

अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ। सो छलफललाई फाइनल भनिएको छ। यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेद्वारी घोषणा गर्ने बताइएको छ।

Logo