बालुवाटारमा सचिवालय बैठक सुरु

बालुवाटारमा सचिवालय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड, राजनीतिक एवं संवैधानिक नियुक्ति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

गत आइतबार कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहितका चार एजेण्डा तय गरेको थियो । जसमध्ये मन्त्रिमण्डल पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने र विविध रहेका थिए ।

विविध अन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपुर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई आर्थिक सहयोग गर्ने रहेका थिए ।

Skip This
Skip This
Logo