तीन सहमहामन्त्रीको मतपरिणाम: दुईमा देउवा र एक शेखर पक्ष विजयी, कसकाे मत कति?

तीन सहमहामन्त्रीको मतपरिणाम: दुईमा देउवा र एक शेखर पक्ष विजयी, कसकाे मत कति?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्।

बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।

उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।

८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ।

Logo