प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन्। उनले सभापतिमा निर्वाचित भएका देउवालाई बधाई तथा शुभकामना दिएका छन्। 

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ। 

संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बताइएकाे छ।  

Skip This
Skip This
Logo