१३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी, केन्द्रीय समितिमा स्पष्ट बहुमतको आँकलन

१३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी, केन्द्रीय समितिमा स्पष्ट बहुमतको आँकलन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ। 

पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ। १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ। १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन्।

जसमध्ये १ सभापति, १ उपसभापति र ६ सहमहामन्त्रीमा देउवापक्षले जितेको छ। 

एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ। अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ। 

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् । ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन्।

तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् । उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन्। दुवै जना नेतृत्वको आलोचना गर्न सक्ने र युवामाझ मनपराइएका नेता हुन्।

पदाधिकारी विजयी भएको आधारमा भन्दा केन्द्रीय समितिमा पनि देउवाको स्पष्ट बहुमत पुग्ने देखिएको छ।

Skip This
Skip This
Logo