प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ। बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन्।
संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ।
बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।
चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन्। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी कायम राख्दै आएका छन्।





























प्रतिक्रिया