कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ। निर्वाचन समितिले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ। 

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो। मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो। निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो। जसका कारण झडपको अवस्था बनेको हो। 

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ। महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ।

Skip This
Skip This
Logo