रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने

केन्द्रबिन्दु
0
Shares

रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन्। पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन्। 

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन्। उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु।’ 

Skip This
Skip This
Logo