कांग्रेस केन्द्रीय समितिकाे पहिलो बैठक १० पुसमा बस्ने

कांग्रेस केन्द्रीय समितिकाे पहिलो बैठक १० पुसमा बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ। १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो। 

‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। 

१४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ। 

‘१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो।’

Skip This
Skip This
Logo