कांग्रेसका पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

कांग्रेसका पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो । 

Logo