काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ ।
पूर्वमाओवादीको कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी अघिल्लो शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
बैठक बिहान ११ बजे बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रीहरू हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।
यसका साथै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।































प्रतिक्रिया