नेपाल बारले आन्दोलन नराेक्ने, भर्चुअलरूपमा भए पनि निरन्तरता दिने

नेपाल बारले आन्दोलन नराेक्ने, भर्चुअलरूपमा भए पनि निरन्तरता दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाेखिमका कारण  ‘भर्चुअल’ रूपमा गर्ने भएको छ । 

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनलाई भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ। 

बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरि भर्चुअलरूपमा गर्न लागेको जनाएको छ।

Skip This
Skip This
Logo