मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाको गठबन्धन

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाको गठबन्धन

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ। 

एमाले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन्। 

उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अन्सारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साइकल छाप) लाई मतदान गर्ने सहमति भएको छ । 

राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदैछ। 

संयुक्त विज्ञप्ति 

२०७८ माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश का भावनालाई मध्यनजर राख्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बिचमा सहमति भएको छ । सो सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साइकल छाप) लाई मतदान गर्न राष्ट्रिय सभाका मतदाता, नेता तथा कार्यकर्ताहरू, सम्पुर्ण समर्थक शुभेच्छकहरूका साथै सर्वसाधारण सबैमा अपिलका साथै जानकारीको लागि यो सयुक्त प्रेस बक्तव्य जारि गरिएको छ।

Skip This
Skip This
Logo