सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। 

यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो। अब गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाइएको छ।

Skip This
Skip This
Logo