तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

केन्द्रबिन्दु
0
Shares

शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको छ।

निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको छ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए।

तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिन सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदसँग परामर्श गर्ने निर्णय बैठकले गरेको छ।

संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको बताउँदै नेताहरूका बीचमा त्यसको व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ।

Skip This
Skip This
Logo