धम्कीपूर्ण अभिव्यक्ति दिने मन्त्री यादवलाई कारबाही गरियाेस् : कांग्रेस महामन्त्री शर्मा

धम्कीपूर्ण अभिव्यक्ति दिने मन्त्री यादवलाई कारबाही गरियाेस् : कांग्रेस महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । गौर नरसंहार दोहोर्‍याउने मन्त्री यादवको सार्वजनिक अभिव्यक्तिप्रति महामन्त्री शर्माले आपत्ति प्रकट गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यको जिम्मेवार पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् ।

‘हिंसा भड्कावको अभिव्यक्ति जो सुकैबाट होस् स्वीकार्य हुनुहुन्न,’ उनले भनेका छन्, ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न।’

उनले भनेका छन्

मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचार; तीन विकल्प !

१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना

अथवा..

२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा

अथवा..

३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त
(आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण )

तीन उपचारका पछिल्तिर तीन कारण !
१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनैपर्दछ
२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न
३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न ।
जय नेपाल !

Logo