राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट शुरु हुँदै

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट शुरु हुँदै


राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आइतबार) राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ।

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आइतबार राति १२ बजेबाट मौन अवधि शुरु हुने जानकारी गराएको हो । निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताए। उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताए। 

सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताए। उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताए।

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्य मापदण्डको पूर्णपालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए।

Logo