देउवाको भाग्यमा १९ वर्षअघिको ज्योतिषीय योग रहेकाे दाबी

देउवाको भाग्यमा १९ वर्षअघिको ज्योतिषीय योग रहेकाे दाबी


तीन वटा दशैं एकै वर्ष परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्यरेखा राजयोगमा पर्ने गरेको ज्योतिषीय विश्लेषण छ।

आजभन्दा १९ वर्षअघि पनि यस्तै योग निर्माण भएकाले अक्षम भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए। तर, त्यसपछि केन्द्रीय राजनीतिमा शक्तिशाली अवस्थामा फर्केका देउवा फेरि पनि १९ वर्षअघिकै योग दोहोरिने चर्चा सुरु भएको छ।

यस्तो शक्तिशाली राजयोगको संयोग परेको अवस्थामा कसैले कमजोरीको फाइदा उठाउन खोजेमा त्यस्ता वर्गको अस्तित्वमै संकट आउन सक्ने ज्योतिषी सुरेशचन्द्र रिजाल बताउँछन्। 

यो वर्ष तीनवटा दशैं परेको छ। २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो वर्ष तीनवटा दशैं पर्छ। तीनवटा दशैं एकै वर्ष भएको बेलामा देउवाको भाग्यरेखा राजयोगमा पर्ने ज्योतिषी रिजालको दाबी छ।

१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनुपरे पनि देउवा चर्चा र शक्तिमै रहेको उनले बताए । ‘१९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली नै बनिरहने योग छ,’ रिजालले भने ।न्युज कारखाना

Logo