भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई गृहमन्त्रीकाे आग्रह (भिडियाे)

भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई गृहमन्त्रीकाे आग्रह (भिडियाे)


गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दूरुपयोग नगर्न आग्रह गरेका हुन् । त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए । उनले बैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए । गृहमन्त्री खाणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भिर रहेको बताए ।

उनले भने, ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रीपरिषदमा कुरा राख्नु भएको छ । त्यतापट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भिर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दूरुपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो । यसमा नेपाल सरकार गृह मन्त्रालय लागि परेको छ । पहिलो त हाम्रो अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहजहोस् भन्ने हामी सबैको प्रयत्न हो । विभिन्न मन्त्रालयसँग आवद्ध र विभिन्न विभागका राष्ट्र सेवकहरुसँग यो विषयलाई व्यवस्थित बनाउन आवश्यक समन्वयहोस् भन्ने हाम्रो मूल मनसाय हो । श्रम स्विकृति लिएर जानेहरुका लागि पनि सहज वातावरण बनाउने काम हामी सबैको हो ।’

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, 25 January 2022

Logo