कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ। राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो।
कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन्।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन्। ‘स्थानीय तह अन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेशसभा अन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुपस्थित रहेकी थिइन्।































प्रतिक्रिया